काठमाडौँ: सुन तस्करीविरुद्ध सरकार सक्रिय भएपछि तस्करले नयाँ-नयाँ उपाय प्रयोग गर्न थालेका छन्। पछिल्लोपटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएकाे सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरिएको, विमानस्थल भन्सार कार्यालयका प्रमुख कर्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए। उनले लुगा सिलाउन प्रयाेग हुने सामाग्री ल्याएका थिए। प्रहरी र भन्सारकाे टाेलीले शंका लागेर जाच्दा सुन भएकाे पत्ता लागेकाे हाे।
भन्सार, विमानस्थल प्रहरी र अपराध महाशाखाकाे संयुक्त टाेलीले उनलाइ पक्राउ गरेकाे हाे। थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।