काठमाडौँ: जुम्ला जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ ।
बैशाख १९ गतेका दिन कृषि विकास बैंकका संचालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले एक्सटेन्सन काउन्टर उदघाटन गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कृषि विकास बैंक क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको उपस्थित रहेको बैंकले जनाएको छ ।
Facebook Comments Box
