काठमाडौँ: देवः विकास बैंक लिमिटेडको ठाकुरबाबा नगरपालिका, वडा नं-१ स्थित भुरीगाउँ बजारमा बैशाख २५ गतेदेखि विधिवत रुपमा संचालनमा आएको छ ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले आयोजित एक समारोहबीच शाखा कार्यालयको समुद्घाटन गरेका हुन्।
बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा विशेष मन्तव्य दिंदै ठाकुरबाबा नगरपालिकाका प्रमुख श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पु¥याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए।
उनले संचालान्मा आएको बैङ्किङ सेवाका कारण नगरको आर्थिक एवं सामाजिक विकासमा बैकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित गरी लघु उद्यमशीलताको विकास गर्न लगानी गर्ने योजना रहेको जानकारी गराए।
कार्यक्रममा सभापतिका आसनबाट संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गले सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक सम्बृद्धिका लागी लगानी र अवसर सिर्जना गरिने विश्वास सहित बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा थप शाखा विस्तार गरिने जानकरी दिए।