काठमाडौं: चालुु आर्थिक वर्षको तेस्रो त्रैमास देवः विकास बैंकको नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख खूद नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५२ लाख मात्र खूद नाफा कमाउन सफल भएको छ ।
बैंकको खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड २१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ६१ करोड ५८ लाख भन्दा माथि पुुगेको छ ।
समीक्षा अवधिमा देवः विकास बैंकले १७ अर्ब ९२ करोड निक्षेप संकलन गरी १६ अर्ब ९४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १३ अर्ब ९५ करोड निक्षेप संकलन गरी १२ अर्ब ६२ करोड कर्जा परिचालन गरेको थियो ।
चुक्तापुँजीमा समेत प्रगति गरेको यो बैंकको रिजर्ब कोष समेत थप सशक्त बनेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको रिजर्ब कोषमा ६६ करोड २५ लाख रुपैयाँ रहेकोमा बढेर समीक्षा अवधिसम्म ७३ करोड ३२ लाख भन्दा बढी भएको छ ।
अघिल्लो वर्ष ३ दशमलब ०१ प्रतिशत रहेको खराब कर्जालाई घटाएर बैंकले १ दशमलब ६६ प्रतिशतमा सीमित गराएको छ ।
समीक्षा अवधिमा देवः विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ४३ पैसामा पुुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा भएको छ ।