Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 3
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » यस्तो छ असार १ गतेदेखि लागु हुने गाडी र घर कर्जाका ब्याजदर, कुन बैंकले कतिमा कर्जा दिन्छ हेर्नुहोस

    यस्तो छ असार १ गतेदेखि लागु हुने गाडी र घर कर्जाका ब्याजदर, कुन बैंकले कतिमा कर्जा दिन्छ हेर्नुहोस

    पहिलोक्लिकपहिलोक्लिकJune 19, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले घर बनाउने र गाडी चढ्ने सपनालाई साकार पार्दै आइरहेका छन् । बैंकहरुले यही असार १ गतेदेखि लागु हुने गरी गाडी र घर कर्जाका नयाँ ब्याजदरहरु सार्वजनिक गरेका छन्।

     

     

    बढ्दो सहरीकरण र आधुनिकीकरण पछ्याउने धेरै जसोलाई एउटा राम्रो घर र गाडी होस भन्ने चाहना हुन्छ । तर आफ्नो कमाइ लगाउन खानमै खर्च हुने भएकाले धेरै बचत गर्न नसक्ने अवस्था हुन्छ ।

     

    बैङ्कहरूको आधारदरलाई जोडेर उनीहरूले निर्धारण गरेको ब्याजदरका आधारमा कुन बैङ्क घर र गाडी कर्जा दिन सहज र सस्ता छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

     

    यदि तपाईं पनि बैङ्कबाट ऋण लिएर घर बनाउने अथवा गाडी किन्ने सोच्नुभएको छ भने बैङ्कहरूले लिने ब्याजदरमा ख्यालगर्नु पर्छ ।

     

    राष्ट्रिय वाणिज्य बैङ्क :घर कर्जा
    राष्ट्रिय वाणिज्य बैङ्कले घर कर्जा ३ प्रतिशत देखि ५.६७ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराउँछ । यसमा बेस रेट जोडिन्छ । बेस रेट जोड्दा ५ वर्षसम्मका लागि लिइने घरकर्जामा ९.०५ प्रतिशतसम्मको ब्याजदर कायम गरिएको छ । यदि १० वर्षको लागि कर्जा लिएको छ भने त्यसको लागि १०.०४ प्रतिशतसम्म पर्न जान्छ । १५ वर्षका लागि लिइएको हो भने ११.०४ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध हुनेछ । यो व्यवस्था यही असार १ गतेबाट लागू भएको हो ।

    गाडी कर्जा :
    गाडी कर्जा भने ९.३७ प्रतिशतसम्म पाइन्छ । यो आधारदरसहितको ब्याजदर हो ।

    नेपाल बैङ्क : घर कर्जा

    यही असार १ गतेबाटै लागू हुने गरी नेपाल बैङ्कले पनि ब्याजदर सार्वजनिक गरेको छ । यसको आधार मूल्य ६.९२ प्रतिशत छ । छ वर्षे अवधिको घर कर्जाका लागि ९.६७ प्रतिशत ब्याजदर कायम भएको छ । १० वर्षे अवधिको लागि १०.२८ प्रतिशत ब्याजदर लाग्नेछ । १५ वर्षे अवधिको घरकर्जाका लागि अधिकतम ११.१४ प्रतिशत ब्याजदर लाग्नेछ ।

    सवारी कर्जा

    निजी सवारी कर्जा ५ वर्षे अवधिका लागि १०.६४ प्रतिशत ब्याजदर लाग्नेछ । निजी सवारी ७ वर्षे अवधिको कर्जाको ब्याजदर ११.६४ प्रतिशत लाग्नेछ । कमर्सियल सवारी ३ देखि ५ वर्षे अवधिका लागि ११.६४ प्रतिशत लाग्नेछ । नेपाल बैङ्कले पनि असार १ गतेबाटै यी ब्याजदर कायम गरेको छ ।

     

    प्रभु बैङ्क : घर र गाडी कर्जा

    प्रभु घरकर्जा ५ देखि २५ वर्षे अवधिसम्मका लागि ५ प्रतिशत ब्याजदर लाग्नेछ । यसमा आधारदर जोडिनेछ । अहिले बैङ्कको आधारदर ९.१६ प्रतिशत छ यस आधारमा १४.१६ प्रतिशत ब्याजदरमा घर कर्जा पाइनेछ ।

    गाडी कर्जा

    व्यक्तिगत सवारी कर्जाको पनि आधारदरमा पाँच प्रतिशत थप भएर ब्याजदर निर्धारण गरिएको छ । गाडी कर्जा पनि १४.१६ प्रतिशत ब्याजदरमा पाइन्छ ।

     

    कुमारी बैङ्क :घर कर्जा र गाडी कर्जा

    यसको आधार मूल्य ११.०४ प्रतिशत छ । यसको घर र गाडी कर्जा ८ प्रतिशत व्याजदरमा पाइन्छ तर यसमा आधार मूल्य जोडिन्छ । आधार मूल्य जोडिँदा १९.०४ प्रतिशत पर्न जान्छ ।

     

     

    मेगा बैङ्क : यसको घर र गाडी कर्जा ६ प्रतिशत ब्याजदरमा पाइन्छ । यसमा आधारदर जोडिँदा १६.२ प्रतिशत पर्न जान्छ । यसको आधारदर १०.२० प्रतिशत छ ।

     

    सानिमा बैङ्क : सानिमाले घर कर्जा ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ । गाडी कर्जा पनि ६ प्रतिशतमा उपलब्ध हुनेछ । यसमा आधार दर भने जोडिनेछ । यसको आधारदर ९.३८ प्रतिशत छ । यस आधारमा यसको घर रसवारी कर्जामा १५.३८ प्रतिशत ब्याजदर लाग्नेछ ।

     

    प्रभु बैङ्क : प्रभु बैङ्कको घर र गाडी कर्जा ५ प्रतिशत ब्याजदर छ । यसको आधारदर ९.१६ प्रतिशत रहेकाले १४.१६ प्रतिशत ब्याजदर पर्न जान्छ ।

     

    सनराइज बैङ्क :अहिले सनराइज बैङ्कको बेस रेट १०.४ प्रतिशत छ । यस आधारमा यसको घर र गाडी कर्जामा १६.४ प्रतिशत ब्याजदर रहेको छ ।

     

    सिटिजन्स बैङ्क :यसको आधार मूल्य १०.६३ प्रतिशत छ । यसले घर किन्न ०.५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्मको ब्याजदरमा ऋण दिन्छ ।

     

    नबिल बैङ्क : यसले घर र गाडी किन्न ५ प्रतिशतसम्मको व्याजदरमा ऋण प्रवाह गर्छ । यसको आधारदर ७.९३ प्रतिशत छ ।

     

    एभरेस्ट बैङ्क :गाडी कर्जा २.७५ प्रतिशतदेखि ६.७५ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराउँछ । हाउजिङ लोन एक करोडसम्म छ भने ६.५० प्रतिशतसम्म र एक करोडभन्दा माथिको लागि ७.२५ प्रतिशतसम्मको ब्याजदरमा पाइन्छ ।

     

    इन्भेस्टमेन्ट बैङ्क :यसको बेस रेट ८.५४ प्रतिशत छ । यसले १.५ देखि ६ प्रतिशतसम्मको ब्याजदरमा ऋण उपलब्ध गराउँछ ।

     

    एनआईसी एसिया बैङ्क: यसको बेस रेट ९.३६ प्रतिशत छ । यसले ७ प्रतिशतसम्ममा होम लोन उपलब्ध गराउँछ ।

     

    एनसीसी बैङ्क :यसको बेस रेट १०.६३ प्रतिशत छ । यसले ६ प्रतिशतसम्मको ब्याजदरमा घर कर्जा दिन्छ ।

     

    सिद्धार्थ बैङ्क : यसले घर र गाडी कर्जाका लागि ५ प्रतिशतसम्मको ब्याजदरमा अण दिनेछ । यसको आधारदर १०.३७ प्रतिशत छ ।

     

    नेपाल एसबीआई बैङ्क :यसले घरकर्जा १.२५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्मको ब्याजदरमा दिनेछ । गाडी कर्जा यही दरमा प्रवाह गर्नेछ । यसको आधार दर ९.७३ प्रतिशत छ ।

     

    नेपाल बङ्गलादेश बैङ्क : यसले हाउजिङ लोन १.५० प्रतिशतदेखि ५ प्रतिशतसम्मको ब्याजदरमा दिन्छ । यसको आधारदर १०.५ प्रतिशत छ ।

    Facebook Comments Box

    गाडी र घर कर्जा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.