काठमाडौँ: साताको दोश्रो दिन सोमबार पूँजी बजारमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलब ८४ अंकले बढेर १ हजार १९४ दशमलब ५० अंकमा उक्लेको छ । नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।
आजको कारोबारमा सबै समूह हरियो निर्जीवन बिमा र लघुवित्त समूहले नेप्से परिशूचक दोहोर अंकले बढ्न सहयोग गरेका छन् ।
निर्जीवन बीमा समुहको परिशूचक २ दशमलब २८ प्रतिशत (१३३ दशमलब ५१ अंक) र लघुवित्त २ दशमलब ३२ प्रतिशत (३५ दशमलब ४५ अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २ हजार ८३९ कारोबारबाट १८ करोड ६५ लाख २६ हजार ५३५ रुपैयाँ बराबरका ६ लाख ५८ हजार २९२ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आइतबार २१ करोड १२ लाख रुपैयाँ बराबरका ६ लाख ६१ हजार २४६ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २ दशमलब ४६ अंकले बढेर २५१ दशमलब ८६ अंकमा पुगेको छ ।
आज नेप्सेमा सबै भन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको एक करोड ६० लाख बराबरको सेयर कारोबार भएको छ ।
नेप्से बढ्द पनि तिनाउ विकास बैंक र सिद्धार्थ इक्युटी फन्डले सबै भन्दा बढी गुमाय भने नयाँ नेपाल लघुवित्त विकास बैंकले सबै भन्दा बढी कमायो ।