Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 2
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

    सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

    पहिलोक्लिकपहिलोक्लिकSeptember 18, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ ।

    नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो ।

    राष्ट्रको गरिमासँग गाँसिएको उक्त संवादलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित विषयका जानकार, उच्च राजनीतिक नेतृत्व, सरकारी अधिकारी, सञ्चारकर्मीसँग आज परराष्ट्र मन्त्रालयले राजधानीमा ‘सगरमाथा संवाद राष्ट्रिय परामर्श’ गोष्ठी आयोजना गरेको छ ।

    त्यस अवसरमा परामर्श गोष्ठीका सभापति तथा सगरमाथा संवाद निर्देशक एवं आयोजक समितिका संयोजक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समयमा विश्वमञ्चमा वातावरण, जलवायु परिवर्तन, विश्वव्यापार, अर्थतन्त्र, आतङ्कवाद, आप्रवासन, बौद्धिक सम्पत्ति, सूचना प्रविधि तथा अन्य नवीनतम प्रविधिजस्ता विषयले महत्व पाएको बताउनुभयो ।

    “राष्ट्रिय, क्षेत्रीय एवं विश्वव्यापी, साझा चासोका त्यस्ता विषयमा गहन छलफल गरी विचारविमर्शका माध्यमबाट विश्व समुदायको ध्यान आकृष्ट गर्न, अन्तर्राष्ट्रिय समर्थन तथा सहानुभूति प्राप्त गर्न र ती क्षेत्रका समस्याहरू समाधानका निम्ति संवाद उपयोगी हुने छ ।” सगरमाथा संवादको औचित्य र आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो ।

    नेपालले सामना गर्नुपरिरहेका क्षेत्रीय तथा विश्वव्यापी समान चासोका मुद्दा, वातावरणीय, आर्थिक, सामाजिक–सांस्कृतिक तथा शासकीय विषयका साथै नेपालको विकासका साझेदार, अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वलगायत समाजका सबै वर्गलाई नियमित रुपमा नेपालमा संवाद गराइ मतैक्यता प्रवद्र्धन र समस्याहरूको समाधान पहिल्याउन ठोस योगदान गर्नु संवादको उद्देश्य भएको मन्त्री ज्ञवालीले स्पष्ट गर्नुभयो ।

    सगरमाथा संवादको उद्देश्य अझ प्रष्ट्याउँथै उहाँले भन्नुभयो, “यो मञ्चको माध्यमबाट विश्वमा द्वन्द्व समाधानका अनेकौँ उपायहरूमध्ये नेपालको मौलिक शान्ति प्रक्रिया, नेपालको समावेशी प्रजातन्त्र, वातावरण संरक्षणमा नेपालका सफलताहरू नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदान, क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको भूमिका, महिला उत्थान तथा अन्य सीमान्तकृत वर्गको सशक्तीकरणबारे विश्व समुदायलाई बुझाउँदै साझा हितका विष्यमा बौद्धिक बहस गर्नु हो ।”

    कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको विषयलाई आम जनसरोकारको विषय बनाउनुपर्नेमा जोड दिँदै यसका नकारात्मक असरबारे सबै नेपालीलाई बुझाउनुपर्ने बताउनुभयो । विश्व समुदायकै साझा सरोकारको यो गम्भीर विषयमा गहन बहस र छलफल अपरिहार्य भएको उहाँको कथन थियो ।

    जलवायु परिवर्तनको सङ्कट सम्बोधन गर्ने दिशामा उच्च राजनीतिक नेतृत्व, तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको सङ्कटबारे समान धारणा बनाउन तथा उक्त सङ्कटसँग जुध्न राजनीतक तहलाई इच्छाशक्ति देखाउन उत्प्रेरित गर्नु सगरमाथा संवादको पहिलो संस्करणको उद्देश्य भएको मन्त्री बस्नेतले बताउनुभयो ।

    सगरमाथा संवादको पहिलो संस्करणमा जलवायु परिवर्तनजस्तो बहुआयामिक तथा बहुक्षेत्रीय विषयअन्तर्गत परम्परागत ज्ञान, प्रविधि र संस्कृति, कृषि, खाद्य सुरक्षा, वन तथा जैविक विविधता, हरित अर्थतन्त्र, पर्यटन, ऊर्जा र जललगायत विषयमा केन्द्रित रहेर बहस एवम् छलफल हुने बताइएको छ ।

    Facebook Comments Box

    सगरमाथा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.