काठमाडौँ: सेयर बजारमा आज बुधबार नेप्से परिशूचक संगै कारोबार रकममा पहिरो गएको छ । साताको शुरुवाती दिनमा सुधारको संकेत देखिएको सेयर बजारमा आज बुधबार एकाएक नेप्से परिशुचक संगै कारोबार रकममा गिरावट आएको छ ।
आज नेप्से परिसूचक ४ दशमलब ९२ अंकले घटेर १ हजार १९४ दशमलब ३४ अंकमा झरेको छ ।
जलबिधुत र उत्पादन मूलक समूह बाहेक सबै समूहको परिशूचकमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिशूचक ८० दशमलब २२ अंक र जीवन बिमा २८ दशमलब ०७ अंकले घटेको छ ।
त्यसैगरी, होटल समूह २० दशमलब ८५ अंकले र बाणिज्य बैंक समूहमा ४ दशमलब २७ अंकको गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यधपी, जलबिधुत समूहको परिशूचक ३ दशमलब ८८ अंक र उत्पादन समूहको परिशूचक २ दशमलब ९३ अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार १५८ कारोबारबाट १६ करोड ६१ लाख ६७ हजार ४३० रुपैयाँ बराबरका ६ लाख २९ हजार ७१७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।