काठमाडौं : नेपाली भूमि अतिक्रमणका विरुद्धमा भारत विरोधी क्रियाकलाप बढेपछि पूर्व भारतीय राजदूत श्याम शरण नेपाल आएका छन।
सिमा विवादबारे छलफल गर्न हिजो नेपाल आएको एक नेताले बताएका छन ।
उनले नेपालमा भारत र नेपालको सिमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।
यसअघि भारतले राजनीतिक नक्शामा कालापानी क्षेत्रलाई समेत समेटेपछि सरकारले त्यसलाई अस्विकार गरेको छ भने जनस्तरबाट ब्यापक विरोध भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान सार्वजनिक अपिलसमेत गरेका छन्।
काठमाडौँ बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ।