पोखरा : १३ औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।
पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्यो । अन्जली चन्दको कीर्तिमानी बलिङका कारण नेपालको जीत सहज भएको हो । यसमा काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।
यसैबीच आजको महिला क्रिकेटमा अञ्जली चन्दले कीर्तिमानी बलिङ गरेकी छन ।
खेलको छैटौं ओभरमा बलिङ गर्न आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् ।
नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् ।
जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।