काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा बहस जारी रहनेछ ।
हिजो सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज पनि जारी रहने र त्यसपछि अजौ सुनुवाइ हुने तयारी भएको जनाइएको छ ।
सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा हिजो सोमबार दिनभर बहस भए पनि पूर्ण नभएको र बहस आज पनि जारी रहनेछ ।
सभामुखको हैसियतमा सापकोटालाई काम नगर्नरनगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन ।
नवनिर्वाचित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ ।
मुद्दामाथिको बहस जारी रहेपनि सभामुखमा निर्वाचित भएर सापकोटाले कार्यभार सम्हालीसकेका छन् ।