काठमाडौँ: नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले यो समय व्यापार व्यवसायको अवसर भएको बताएका छन् ।
व्यापार व्यवसायका लागि अहिले जतिकै उपयुक्त समय नभएको उनले बताए । राजनीतिक अस्थिरता मात्रै नभई दुई तिहाईको स्थिर सरकार भएकाले यो उपयुक्त समय भएको उनको भनाई थियो । पहिला राजनीतिक अस्थिरता, १८ घण्टासम्मको लोडसेडिंग र वन्द हड्ताल गरी मुख्य तीन वटा बाधाव्यवधान आउने गरेको सम्झँंदै उनले अहिले ३० वटा अवसर आएको बताए ।
भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरले उद्योग वाणिज्यको विकासमा बैंकको भूमिका विषयमा बुधबार गरेको कार्यक्रममा शाहले त्यसका लागि आफूहरु हस्टेमा हैंसे गर्न तयार रहेको बताए । हामीसँंग पुँंजी छ, तपाईहरुले बुद्धी र मेहेनत गरेर काम गर्नुपरयो, उनले भने, त्यसो भयो भने मात्रै वास्तविक रुपमा सुखी नेपाली समृद्ध नेपालको नारा पूरा हुन्छ ।
आफू कलकता जाँंदा जहिले पनि त्यहाँंको सरगुल्ला नेपाल ल्याएर खाने गरेको प्रसंग निकाल्दै उनले भक्तपुरको जुजु धौ यसरी नै संसारभर किन पुयाउन सकेनौं भनी सवैले सोच्नुपर्ने बताए ।
तरकारीमा प्रख्यात भक्तपुरको मिठो तरकारी किन संसारको कुनाकाप्चामा पुग्न सकेनन् सवैले गम्भीर भएर सोच्ने मात्रै होइन, पुयाउने वातारण सृजनामा लाग्नुपर्ने उनले बताए । उनले अर्थाेपार्जनका लागि नै खाडीलगायतका मुलुकहरुमा दैनिक सयौं नेपाली पुगेको भन्दै मुलुकमै रोजगारीको वन्दोवस्त गरी आर्थिक समृद्धिको बाटोतर्फ लानुपर्ने बताए ।
त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहवीच वैंक र संघका सदस्यहरुलाई व्यवसाय प्रवद्र्धन तथा बैकिंग सेवा सुलभ तवरबाट उपलव्ध गराउने समवन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।