काठमाडौँ: यो सात सेयरबजारमा ठुलो उतारचढाब आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब ५१ अंकले घटेर अन्तिम दिन १ हजार १९१ दशमलब ३१ अंकमा झरेको छ ।
यस साता निर्जीवन बीमा, जीवन बीमा, होटल, समूहको परिसूचकमा भारी गिरावट आएको छ भने बाणिज्य बैंक, उत्पादन मूलक समूहमा सामान्य सुधार आएको छ । सबै भन्दा बढी निर्जीवन बीमा समूहको ६४ दशमलब ६३ अंक, जीवन बीमा ४५ दशमलब ३४ अंक र होटल समूह १८ दशमलब १७ अंकले घटेको छ ।
बाणिज्य समूह र उत्पादन मूलक सामुहको परिसूचकमा क्रमश: २ दशमलब ०७ अंक र २ दशमलब ३३ अंक वृद्धि भएको छ।
यो साता नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने सामान्य वृद्धि आएको छ। कारोबार रकम गत साताको भन्दा एक दशमलब ९४ प्रतिशतले बढी हो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १५ हजार ३१० कारोबारबाट दुई अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार ५२० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ८८६ कारोबारबाट एक अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलब ४० अंकले
घटेर २५१ दशमलब १५ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (६ करोड ८७ लाख १० हजार रुपैयाँ) र कारोबार भएको सेयर संख्या (३ लाख ३५ हजार कित्ता)को आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार संख्या (७३१ वटा) को आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरुमा क्रमश: माछापुछ्रे बैंक ( ६ करोड ८७ लाख), एनएमबि बैंक लिमिटेड ( ५ करोड ८ लाख), नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड ( ४ करोड ८५ लाख), नेको इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक ( ४ करोड ४८ लाख) र सानिमा माई हाइड्रोपावर लिमिटेड ( ४ करोड १९ लाख) रहेका छन्