काठमाडौं : आइपिओ निष्काशनको ८ महिनापछि हिमाल दोलखाको शेयर नेप्सेमा सुचिकृत भएको छ ।
आज सोमबार नेप्सेमा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै भोली मंगलबारबाट कम्पनीको कारोबार सुरु हुने छ । नेप्सेले पहिलो कारोबारको लागि ६५।३३ देखि १९५।९९ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीइको नेटवर्थको आधारमा ३ गुणासम्म सुरुवाती रेन्ज तोक्ने गरेको छ ।
शेयर प्रत्याभूतकर्तासँगको विवाद भएपछि ढिलो गरी कम्पनीको आईपिओ सुचिकृत भएको हो । कम्पनीले गत असार २५ गतेदेखि आईपिओ निष्काशन गरेकोमा फागुन महिनामा बल्ल शेयर सूचीकरण भएको हो ।
Facebook Comments Box