दक्षिण कोरिया (एजेन्सी) : चीनबाट शुरु भएको कोविड १९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा आज सोमबार विहानसम्ममा ७ जनाको ज्यान गइसकेको छ ।
कोरियामा मात्रै यतिबेला ७ सय ६३ जना यस भाइरसबाट संक्रमित रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । कारियामा नेपाली कामदारहरु धेरै संख्यामा रहेकाले त्यहाका काम गर्ने अन्य कामदारबाट नेपालीहरुको स्वास्थ्य जोखिममा छ ।
दक्षिण कोरिया वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य मुलुक हो ।
‘कमाउन’ का लागि भन्दै कोरियामा रहेका उनीहरु यतिवेला कोराना संक्रमणको त्रासमा काममा गइरहेका छन् ।
थेंगु क्षेत्रमा पाँच सय भन्दा बढी व्यक्तिमा संक्रमण फैलिएको समाचार आएपछि त्यस क्षेत्रमा विवाह लगायतका समारोहमा गरिने भोजमा समेत सरकारले रोक लगाएको छ ।