काठमाडौँ: देशभर समयमा नियमित वर्षा हुँदा साउन १७ गते सम्म लगभग ९० प्रतिशत रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ८९ दशमलब ७२ प्रतिशत भएको जनाएको छ ।
साउन १७ गते सम्म१३ लाख ९२ हजार ९५२ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ ।
समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए ।
उनले भने- ‘देशभर रोपाई राम्रैसंगै चलिरहेको छ । मध्य साउन सम्म ९० प्रतिशत रोपाई हुनु धेरै राम्रो हो । यो वर्ष लगभग सात प्रतिशत रोपाई हुने अनुमान गरिएको छ’ ।
गत वर्ष साउन १६ गते सम्म जम्मा ७७ प्रतिशत रोपाई भएको थियो भने कुल ९५ प्रतिशत रोपाई भएको थियो
गतवर्ष ९५ भएपनि तराईमा आएको बाढीले धरै जमिनमा लगाईएको धान नस्ट हुँदा धान उत्पादनमा कमि आएको थियो थियो ।
सबै ठाउँमा राम्रो वर्षा भएको र रोपाईं पनि समयमा भएकोले गतबर्षहरुको भन्दा राम्रो धान उत्पादन हुने अपेक्षा गरेको उनले बताए।
“धरै जमिनमा आकाशे पानी भरपर्नु पर्ने भएकोले गर्दा अब हुने मौसम तथा वर्षाले कतिको साथ दिन्छ त्यसमा धान उत्पादन भर पर्छ ” ।
हाम्रो जस्तो कृषि प्रधान देशमा धान उत्पादनले जीडीपीमा ठुलो योगदान दिने हुनाले धान उत्पादन बढ्दा देशको अर्थतन्त्रमा सुधार आउने छ ।
उच्च पहाडमा ८९ दशमलब ०५ प्रतिशत (५१ हजार ७९१ हेक्टर), मध्य पहाडमा ८९ दशमलब ४८ प्रतिशत ( तीन लाख ५७ हजर ६४७ हेक्टर) र तराईमा ८९ दशमलब ७२ प्रतिशत ( ९ लाख ८३ हजार ५१४ हेक्टर) जमिनमा रोपाई भैसकेको मन्त्रालयले जनाएको छ ।
उच्च पहाडमा ५८ हजार १५८ हेक्टर, मध्य पहाडमा तिन लाख ९९ हजार ६७५ हेक्टर र तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर जमिन धन खेतियोग्य छ ।