काठमाडौँ: कृषि बिकास बैंक संचालक समितिको अध्यक्ष पदमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको संचालक समितिले निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियूक्त अध्यक्ष नेपाल राष्ट्र बैंकमा मा लामो समय सम्म सेवामा रहि कार्यकारी निर्देशक पदबाट अवकास प्राप्त हुन् भने यस पूर्व विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्चतहमा रही काम गरेको लामो अनुभव रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष निरौलालाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर डा. चिरिञ्जीवी नेपालले सपथ ग्रहण गराए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु चिन्तामणी शर्मा, शिवराज श्रेष्ठ, बैंक नियमन विभागका निर्देशक मिना पाण्डे र कृषि विकास बैंक लि.का संचालक समिति सदस्यहरु संजिव पौडेल, हरिप्रसाद पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कम्पनी सचिव हिमलाल पौडेल उपस्थित थिए ।