काठमाडौँ: केहि समय अघि लगातार उकालो लागेको सुनको भाउ अब क्रमिक ओरालो लागिरहेको छ। नेपाली बजारमा आइतबारका लागि सुनको कारोबार मूल्य ७७ हजार प्रतितोलामा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो भाउ गत शुक्रबारका तुलनामा १५०० ले कम हो।
गत साताको आइतबार ८२ हजार ५०० प्रतितोला पुगेको सुन शुक्रबार ७८ हजार ५०० भएको थियो। ८१ हजार ५०० रहेको गत बिहीबारभन्दा शुक्रबार एकै दिन तीन हजार रूपैयाँ घटेको थियो। निरन्तर भाउ बढेर कारोबारमा मन्दी आएको थियो। भाउ घट्दा पनि सुधारका संकेत भने नदेखिएको व्यवसायीले बताएका छन्।
Facebook Comments Box