काठमाडौं : देवः विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको ३१५औं बैठकले लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।
हाल बैंकको चुक्तापूँजी रू। ३ अर्ब १७ करोड ७१ लाख रहेको छ । ८ दशमलव ५५ प्रतिशत बोनस वितरण पश्चात उक्त पूँजी रू। ३ अर्ब १७ करोड ९८ लाख १६ हजार पुग्नेछ ।
Facebook Comments Box