काठमाडौं : सुनको भाउ फेरि बढेको छ । आइतबारको तुलनमा सोमबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ५०० रुपैयाँ पुगेको हो ।
आइतबार सुन प्रतितोला ७७ हजार रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले नै बढेर ७७ हजार २०० रुपौयाँ पुगेको छ ।
आइतबार तेजावी सुनको भाउ प्रतितोला ७६ हजार ७०० रुपैयाँ थियो । आइतबार चाँदीको भाउ भने स्थिर रही ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।
Facebook Comments Box