काठमाडौं : केही दिन ओरालो लागेको सुनको मूल्य आज बुधबार फेरि बढेको छ ।
सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो ।
हिजो मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने स्थीर रहेको महासङ्घले जनाएको छ । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box