काठमाडौं : कोरोना भाइरस(९कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओले आग्रह गरेको छ ।
दक्षिण पूर्वीएसियाली देशमा कोभिड(१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने कडा चेतावनी संगठनको छ।
डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल सिंहले भनेकी छन्, ‘‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ। हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ।’
यो संक्रमण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन्।
यी देशले स्पष्ट रूपमा धेरै काम तत्काल गर्नुपर्ने देखिएको उनको सुझाव छ।
डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ।
तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ। जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन्।
यस्तै इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन्।
यस्तै नेपाल र भुटानमा पनि १र१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ।
यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले दाबी गरिरहेको छ।