काठमाडौँ: साताको पहिलो दिन आइतबार पनि पूँजी बजारमा सकारात्मक अवस्था देखिएनन् । सेयर बजार परिसूचक नेप्से आज एक दशमलब ४३ अंकले घटेर १ हजार १८९ दशमलब ८८ अंकमा पुगेको छ ।
अघिल्लो साता सेयर बजारमा भारी गिरावट आएर ठुलो घाटा खाएका र यो साता पूँजी बजारमा सुधार हुने आशामा बसेका लगानीकर्ता फेरी चिन्तित भएका छन् ।
आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा ३० दशमलब ९२ अंक, उत्पादन मूलक समुहको परिसूचक २० दशमलब ०६ अंक र जलबिधुत ५ दशमलब ६५ अंकले घटेको छ ।
त्यसैगरी, सेयर बजारमा सबैभन्द बढी हिस्स रहेको बाणिज्य बैंक समूहको परिसूचक तीन दशमलब ५१ अंकले घटेको छ ।
यधपी, विकास बैंक समूहको परिसूचक ११ दशमलब १७ अंकले , अन्य ६ दशमलब ४९ अंक र जीवन बिमा सामूहको परिसूचक तीन दशमलब ६४ अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २ हजार ९८९ कारोबारबाट १६ करोड ७० लाख ४९ हजार ६८७ रुपैयाँ बराबरका ५ लाख ९७ हजार ५९७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आजको कारोबारमा आईएमई जनरल इन्स्योरेन्स ,प्रोग्रेशिभ फाईनान्स र राइरङ्ग जलबिधुत विकास कम्पनीले धेरै गुमाए भने सिटी एक्सप्रेस फाइनान्स र आरएमडीसी लघुवित्त बित्तिय संस्थाले भने कमाएका छन् ।