काठमाडौं: कोरोना भाइरसको संक्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै चैत २१ गतेसम्मका लागि सबै अदालतमा मुद्दा, रिट लगायतका नियमित सेवा रोक्ने निर्णय भएको छ।
सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनबाट हुनसक्ने महामारीको अवस्थाबाट बच्न पूर्व तयारी स्वरुप यस्तो निर्णय गरेको जनाएको छ। कोरोनाको कहर फैलिएसँगै आज सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।
अदालतहरूको कार्यप्रकृतिका आधारमा ठूलो उपस्थिति र भिडभाड हुने भएकाले सम्भावित संक्रमणबाट बच्न सर्वोच्च अदालत र माताहतका अदालत तथा न्यायाधिकरणहरुमा चैत्र २१ गतेसम्म नियमित सेवामा स्थगन गर्ने निर्णय भएको हो।
साथै, अत्यावश्यक सेवाहरुको संचालन र सोको व्यवस्थापनको सम्बन्धमा विशेष निर्णय भएको सर्वोच्चले जनाएको छ।