काठमाडौँ: सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापनाको निर्णय गरेको हो।
कोरोना नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणको व्यवस्था गर्न कोष स्थापना गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार कोषमा प्रधानमन्त्री केपीशर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले एक महिनाको तलब दिने घोषणा समेत गरेका छन्।
Facebook Comments Box