काठमाडौं : अमेरिकामा ४ नेपालीलाई कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ।
तीमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन्।
अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन्।
गैरआवासीय नेपाली संघ ९एनआरएनए०—अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँका अनुसार न्युयोर्कका संक्रमित दुई जनाको अवस्था गम्भीर छ।
ज्याक्सन हाइट ९न्युयोर्क० बसोबास गर्ने उनीहरु तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्।
‘ज्याक्सन हाइटका ३ नेपालीमा कोरोना संक्रमण देखिएको हो। ती सबै पुरुष हुन्। तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ’, बानियाँले भने, ‘न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ।’
उनका अनुसार उपचाररत ४७ वर्षीय नेपाली पुरुष उबर चालक हुन्।
५० वर्षीय नेपालीमा ५ दिन अगाडि कोरोना भाइरस ९कोभिड—१९० देखिएको थियो। उनमा कोरोना संक्रमण देखिएपछि परिवार सदस्यहरुको पनि स्वास्थ्य परीक्षण गरिएको छ।
रिपोर्टको पर्खाइमा रहेका उनीहरु हाल घरमै ‘सेल्फ आइसोलेसनमा’ बसिरहेका छन्।
एनआरएनए अमेरिकाका जनसम्पर्क समिति सदस्य बानियाँका अनुसार भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा २ दिन अगाडि कोरोना भाइरस पोजिटिभ देखिएको हो। उनी फेयर फ्याक्सकी बासिन्दा हुन्। उनको अवस्था सामान्य रहेकाले चिकित्सकले घरमै सेल्फ क्वारेन्टिनमा बस्न सुझाव दिएका हुन्।
कोरोना फैलिने देशहरुको सूचीमा पछिल्लो समय अमेरिका अगाडि छ। न्युयोर्क टाइम्सका अनुसार अमेरिकाभित्र पनि न्युयोर्कमा यो भाइरस छिटो फैलिइरहेको छ। न्युयोर्क सहर अमेरिकामा कोरोना संक्रमण देखिने सहरमध्ये अग्रस्थानमा छ। त्यहाँ जाँच गराउने मध्ये २८ प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ।