काठमाडौँ: फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ।
संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ। उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ।
युवतीलाई डिस्चार्ज गरेको खबर आए पनि उनले युवती आइसोलेसनमै रहेको बताए।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखियो भने परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो। अस्पतालले यसअघि परिवारको परीक्षण गरिने भनेको थिएन।