Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 3
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » खाद्यले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो, दैनिक ३०० इन्डक्सन चुलो विक्री

    खाद्यले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो, दैनिक ३०० इन्डक्सन चुलो विक्री

    पहिलोक्लिकपहिलोक्लिकApril 8, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ विद्युतीय कारोवार शुरु गरेको हो ।

     

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशनअनुसार नै कम्पनीले दैनिक उपभोग्य वस्तुको विद्युतीय माध्यमबाट जानकारी लिने र सोही अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो । कोरोनाको सङ्क्रमणका त्रासका कारण उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाऊन् भन्ने ध्येयका साथ यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।

     

    सोही कम्पनीले लकडाउनको समयमा चीनबाट ल्याइएको विद्युतीय चुल्होसमेत बिक्री गरेको थियो । कूल सात हजार ३०० थान विद्युतीय चुल्होमध्ये अधिकांश बिक्री भइसकेका छन् । लकडाउनको समयमा खाना पकाउने एलपी ग्यासको अभाव देखिने अवस्था आएपछि कम्पनीका चुल्हो खरिद गर्न चाहने उपभोक्ता उस्तै रहेका छन् । दैनिक ३०० भन्दा बढी चुल्हो बिक्री भएका छन् ।

     

    यही अवस्थालाई ध्यानमा दिएर कम्पनीले अझै चुल्हो खरीद गरेर ल्याउने र बिक्री गर्ने योजना बनाएको छ । सरकारले विद्युतीय उपकरण प्रयोग गर्न र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नसमेत यसअघि नै आग्रह गरेको छ । कम्पनीका अनुसार तत्काल १० हजार थान विद्युतीय चुल्हो जरुरी छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालका अनुसार सरकारी स्वामित्वको कम्पनीले आजदेखि काठमाडौँ उपत्यकामा अनलाइनबाट दैनिक उपभोग्य वस्तुको माग लिने र घरघरमा नै पु¥याउने प्रणाली विकास गरेको छ ।

     

    काठमाडौँ उपत्यकाको विशेषगरी चक्रपथ क्षेत्रमा त्यस्तो सुविधा प्रदान गरिनेछ । सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन् । सो योजनालाई बिस्तारै काठमाडौँ उपत्यकाबाहिरसमेत विस्तार गरिने मन्त्रालयले जनाएको छ । सचिव अर्यालले भन्नुभयो, “शुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गरिँदै लगिनेछ ।”

    कम्पनीले सामान माग गरेको बढीमा दुई दिनभित्र उपलब्ध गराउने जनाएको छ । तत्काललाई रु दुई हजार बराबरको दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ । लकडाउन अवधिभर त्यसरी माग गरिएको सामग्रीमा थप शुल्क नलिने समेत कम्पनीले जनाएको छ । त्यसका लागि उपभोक्ताको सम्पर्क नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापरलगायतका खाद्य वस्तु उपलब्ध गराउनेछ ।

     

    कम्पनीको बेवसाइट लभउबािययम।अयm।नयख।लउ मा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु माग गर्न सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरु गरेको ‘होम डेलभरी’ सेवाबाट उपभोक्ताले लाभ लिन सक्नेछन् । त्यसका लागि नगद वा ई–पेमेन्ट गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले उपभोक्तालाई ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको अञ्चल कार्यालय, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ । यस्तै ०१४२४६३८९ वा ९८४८४४४९४४ टेलिफोनसमेत गर्न सकिनेछ ।

     

    यस्तै आज वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा बढी मूल्य लिई कुखुराको मासु बिक्री गरेको पाइएपछि एक व्यवसायीलाई रु दुई लाख जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिका–३१ विजयनगरमा रहेको मुस्कान मासु पसलमा बढी मूल्य लिएर कुखुराको मासु बिक्री गरेको पाइएको छ । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मासु पसललाई रु दुई लाख जरिवाना गरेको हो । बढी मूल्यमा कुखुराको मासु बिक्री गरेको स्थानीयवासीको गुनासोपछि विभागले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा कैफियत पाइएकाले जरिवाना गरिएको विभागको भनाइ छ ।

     

    विभागले लकडाउनको समयमा कुनै गुनासो भए पैसा नलाग्ने १६६००१३३०४४ नंको टोल फ्री नंमा सम्पर्क गर्न आग्रह गरेको छ । यस्तै ११३७ नंको पैसा नलाग्ने फोन नंसमेत सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर अनुगमन गरिरहनुभएको छ । उहाँले लकडाउनको समयमा कुनै पनि नागरिक भोकै बस्नु नपरोस् भन्ने ध्येयका साथ अनुगमनलाई प्रभावकारी बनाइएको जानकारी दिनुभएको छ ।

     

    यस्तै नेपाल आयल निगमका अनुसार काठमाडौँ उपत्यकालगायत प्रमुख शहरी क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको जनाएको छ । निगमले आगामी आइतबारदेखि १४.२ किलो क्षमताकै ग्यास बिक्री गर्ने बारेमा आवश्यक तयारी थालेको छ । ग्यास उद्योगी तथा बिक्रेताले ग्यासको सहज आपूर्ति भएकाले भरी सिलिण्डर नै ग्यास बिक्रीका लागि आवश्यक व्यवस्था गरिदिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टसँग माग गरेका थिए ।

     

    निगमले यही चैत १३ गतेदेखि केही दिनका लागि भन्दै आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने व्यवस्था गरेको थियो । देशभर सञ्चालनमा रहेका कूल ५९ ग्यास उद्योगसम्म अधिकतम छ बुलेट ग्यास भण्डारण गर्ने क्षमता रहेको छ । भारतबाट नियमति रुपमा ग्यास बुलेट आयात भइरहेको र बजारमा ग्यासको खपत कम भएपछि बोटलिङमा समस्या भएको बताइएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.