Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 3
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » काठमाडौँका क्वारेन्टाइन सबै खाली, देशभर ३० हजार छन् प्रयोगमा जम्मा पाँच हजार मात्रै

    काठमाडौँका क्वारेन्टाइन सबै खाली, देशभर ३० हजार छन् प्रयोगमा जम्मा पाँच हजार मात्रै

    पहिलोक्लिकपहिलोक्लिकApril 21, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई अलग्गै वासका लागि बनाएको क्वारेन्टाइनस्थल प्रभावकारी रूपमा प्रयोगमा आएको छैन ।

     

    भएका क्वारेन्टाइन प्रयोगमा नआए पनि कतिपय स्थानमा अझै क्वारेन्टाइनस्थल निर्माण जारी छ । निर्माण भइसकेका अधिकांश क्वारेन्टाइनस्थल भने एकपटक पनि प्रयोग भएका छैनन् ।

    प्रदेश र स्थानीय सरकारले क्वारेन्टाइनस्थल व्यवस्थापन गर्ने निर्णय गरेसँगै संघीय सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न मापदण्ड जारी गरेको थियो ।

    मापदण्डमा संक्रमणको जोखिममा भएका सम्भावित व्यक्ति र समाजलाई रोगबाट बचाउन क्वारेन्टाइन निर्माण र कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिने व्यवस्था छ । सोहीअनुसार देशभर ३० हजार बेडभन्दा बढी क्वारेन्टाइनस्थल तयार गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । तर, सोमबारसम्म तीमध्ये करिब पाँच हजार बेड मात्रै प्रयोगमा छन् ।

    सरकारले जारी गरेको मापदण्डअनुसार कोभिड–१९ फैलिएको देशबाट आएका वा सो देशमा ट्रान्जिट भई आएका र उनीहरूको सम्पर्कमा रहेका, उनीहरूको हेरचाहमा खटिएका व्यक्ति संक्रमणको सम्भावित जोखिम भएका व्यक्ति हुन् । तर, क्वारेन्टाइन निर्माण भए पनि ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएन ।

    सरकारले सुरुमा चीनबाट ल्याइएका एक सय ७५ जना विद्यार्थीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखेको थियो । त्यसपछि यो क्वारेन्टाइनमा विभिन्न देशबाट आएका ९६ जनाले १४ दिन कटाए । त्यसयता खरिपाटी क्वारेन्टाइन खाली छ । त्यसबाहेक सरकारले विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्नैपर्ने अनिवार्य गरेन । बरु घरमै गएर ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने सुविधा दियो । लकडाउन हुनुभन्दा अगावै विदेशबाट फर्किएका हजारौँ व्यक्ति सीधै घर गए र परिवारसँगै क्वारेन्टाइनमा बसे । तर, सरकारले लाखौँ रुपैयाँ खर्चेर तयार गरेका क्वारेन्टाइन भने प्रयोगमै आएका छैनन् ।

    मन्त्रालयका प्रवक्ता डा. देवकोटा भन्छन्, ‘हाल सबै क्वारेन्टाइन प्रयोगमा छैनन्, तर मास इन्फेक्सन हुँदा अस्पतालको सेवा नचाहिने प्रकृतिका बिरामीलाई पनि त्यहाँ राख्न सकिन्छ ।’

    उनले सुरुमा विदेशबाट फर्किएका व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन निर्माणको अवधारणा आए पनि पछि त्यसलाई अनिवार्य नगरिएको बताए । हाल क्वारेन्टाइनमा बसेकामध्ये घर जान नसक्ने र घर जान नचाहेकाहरू मात्रै हुन् । सातै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेका छन् । उच्चस्तरीय समन्वय समितिको १२ चैतको बैठकले प्रदेश र स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

    काठमाडौं उपत्यकामा पाँच सय १८ बेड
    काठमाडौं उपत्यकाका विभिन्न क्वारेन्टाइनमा पाँच सय १८ बेड छन् । त्यसमध्ये भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा पहिलोपटक एक सय ७५ जना र दोस्रोपटक ९६ जनालाई राखियो । बाँकी क्वारेन्टाइनस्थलमा छिटपुटबाहेक मानिस राखिएको छैन ।

    उपत्यकाको क्वारेन्टाइन अनुगमनको जिम्मा लिएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका अनुसार खरिपाटी क्वारेन्टाइनका दुई सय र तेलकोटमा निर्माण भएका ७० बेड सुविधायुक्त छन् ।

    यस्तै, पाटन स्टाफ कलेजमा एक सय र पशुपति धर्मशालामा ७० बेड तथा कृषि विकास बैंकको तालिम केन्द्र बोडेसहित उपत्यकामा पाँच सय १८ बेडका क्वारेन्टाइन तयारी अवस्थामा रहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।

     

    अवलोकनका क्रममा अन्य स्थानको भन्दा पाटन स्टाफ कलेजमा बनेको क्वारेन्टाइन तत्काल प्रयोग गर्न सकिने गरी मापदण्डबमोजिम नरहेको उनले बताए ।

    क्वारेन्टाइनस्थलको समस्या हुँदैन

    मन्त्रिपरिषद्को १६ चैतको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइन मापदण्डअनुसार भए/नभएको अनुगमन तथा सहजीकरण गर्ने जिम्मा दिएको थियो । सोहीअनुसार काठमाडौं उपत्यकासहित देशभरको क्वारेन्टाइनस्थलको अवस्थाबारे निरीक्षण गरी आइतबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको सहरी विकास राज्यमन्त्री मानन्धरले बताए ।

    ‘उपत्यकासहित देशभरिको अवस्था बुझियो, सबैतिर पर्याप्त क्वारेन्टाइनस्थल बनेका छन्, अहिले चिन्ता गर्नुपर्ने आवश्यकता छैन,’ नयाँ पत्रिकासँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले भने, ‘हामीले प्रतिवेदनमा आवश्यकता पर्‍यो भने जति पनि क्वारेन्टाइन बनाउन सकिने अवस्था रहेको निष्कर्ष बुझाएका छौँ ।’

    आवश्यकता परे उपत्यकामा मात्रै एक हजार पाँच सय बेड क्षमताको क्वारेन्टाइन बनाउन सकिने उनले बताए । उनले भने, ‘देशभरिकै होटेल र रिसोर्टलाई क्वारेन्टाइन बनाउन सकिने देखियो । अन्य ठाउँभन्दा शौचालय, खानेपानी र खानपानको व्यवस्थापन पनि त्यहाँ सहज देखिन्छ । व्यवसायी पनि तयार हुनुहुन्छ ।’ महामारीले जटिल रूप लिँदा तत्कालै हजारौँ बेड क्वारेन्टाइन बनाउन सकिने उनले बताए ।

    Facebook Comments Box

    काठमाडौँका क्वारेन्टाइन सबै खाली
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.