काठमाडौँ: सेयर बजार परिसूचक नेप्से मंगलबार एक दशमलब ४६ अंकले घटेर १ हजार १८८ दशमलब २१ अंक कायम भएको छ ।
आइतबार नेप्से आज एक दशमलब ४३ अंक र सोमबार शुन्य दशमलब २१ अंकले घटेको थियो ।
आजको कारोबारमा सबैभन्दा जीवन बीमा ३९ दशमलब ८३ अंक, उत्पादन मूलक समूह २५ दशमलब ४२ अंक र लघुवित्त १० दशमलब ८१ अंकले घटेका छन् ।
यधपी, होटल, निर्जिबन बीमा र अन्य सामूहको परिसूचक क्रमश: ३२ दशमलब ३४ अंक, ११ दशमलब ०५ अंक र २ दशमलब ४१ अंकले बढेका छन्
नेप्से परिसूचक घटेपनि कारोबार रकम सोमबारको तुलनामा आज बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ५२५ कारोबारबाट २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँ बराबरका ९ लाख ९ हजार ३४१ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सोमबार नेप्सेमा १४८ कम्पनीहरुको २ हजार ८७४ कारोबारबाट १९ करोड १७ लाख ४८ हजार १२० रुपैयाँ बराबरका ७ लाख ९० हजार ७३४ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।