काठमाडौं: प्लस टु तथा ब्याचलर नेपाली विद्यार्थीलाइ लक्षित गर्दै काठमाडौं ड्रि डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेसन फेयर हुने भएको छ ।
ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा आगामी साउन २६ गते सोह्रखट्टेस्थित भिएस कम्प्लेक्समा एजुकेसन फेयर हुने भएको हो ।
एक दिने शैक्षिक मेलामा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिको सहभागिता रहनुका साथै प्रत्यक्ष संवादसमेत गर्न सकिने आयोजक संस्थाका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले बताएका छन् ।
मेलामा इच्छुक विद्यार्थी तथा अभिभावकले आफ्नो योग्यता तथा क्षमताअनुसार अस्ट्रेलिया र अमेरिकाको शिक्षा प्रणाली, भिसा
प्रक्रिया, छात्रवृत्ति, लागतका विषयमा निःशुल्क परामर्श लिन सक्ने बताइएको छ ।
मेलामा अष्ट्रेलियमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका द वान इन्टरनेशनल कलेज, भाइब कलेज, क्विन्सफोर्ड कलेज, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, अष्ट्रेलियन इन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी, पेसेफिक कलेज अफ टेक्नोलोजी, फेडेरेशन युनिभर्सिटी, चाल्र्स डार्बिन युनिभर्सिटी, युनिभर्सिट अफ सनसाइन क्वेष्टबाट सम्वन्धनप्राप्त अष्ट्रेलियन टेक्निकल एण्ड मेनेजमेण्ट कलेज, अष्ट्रेलियन इन्टरनेशनल एकेडेमी, साउथन एकेडेमी अफ विजनेश एण्ड टेक्नोलोजी, क्वीन्सल्याण्ड इन्टरनेशनल विजनेश एकेडेमी, न्यू इरा इन्सिच्युटलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
त्यस्तै अमेरिकी शैक्षिक संस्थाको रुपमा विश्व स्तरीय कलेज कंकर्ड युनिभर्सिटी, नोभा साउथइस्र्टन युनिभर्सिटी, मर्निङ साइड कलेज, युनिभर्सिटी अफ एडभान्सिङ टेक्नोलोजी, इसीपीआइ युनभर्सिटीको सहभागिता रहने छ । खासगरी आइएलटिएस सकेका, अध्ययन गरिरहेका तथा अध्ययन गर्ने सोचाईमा रहेका विद्यार्थीलाई वैदेशिक अध्ययनमा विशेष छुटका साथै मेला अवलोकन तथा परामर्शपछि विभिन्न गिफ्ट ह्याम्परसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।