Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 4
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लकडाउनको ५९ औं दिन: उच्चस्तरीय समिति गठनको ८० दिन, सरकारले किन्यो जम्मा तीन भेन्टिलेटर, १२ वटा एनजिओले दिए

    लकडाउनको ५९ औं दिन: उच्चस्तरीय समिति गठनको ८० दिन, सरकारले किन्यो जम्मा तीन भेन्टिलेटर, १२ वटा एनजिओले दिए

    पहिलोक्लिकपहिलोक्लिकMay 21, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन भएको ८० दिन, लकडाउन सुरु भएको ५८ दिन : तीन भेन्टिलेटर सरकारले किन्यो, १२ एनजिओले दिए

     

    सुस्त तयारी : कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन भएको ८० दिन, लकडाउन सुरु भएको ५८ दिन : तीन भेन्टिलेटर सरकारले किन्यो, १२ एनजिओले दिए

     

    अहिलेको अबस्था : कोभिडका बिरामीलाई उपचार गर्न देशभरि १६२४ आइसोलेसन बेड, ३९६ आइसियू र १५६ भेन्टिलेटर, अहिलेसम्म ४२७ संक्रमित, ४५ जना घर फर्किए

     

    कोभिड रोकथाम तथा उपचार गर्न १८ फागुनमा गठन भएको उच्चस्तरीय समितिले ८० दिन पार गरेको छ । त्यस्तै, ११ चैतमा सुरु भएको लकडाउनले पनि दुई महिना छुन खोज्दै छ । कोभिड बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभर जम्मा १५ भेन्टिलेटर थपिएका छन् । त्यसमा पनि १२ वटा अरू संस्थाले दिएका हुन् ।

     

    सरकारले कोभिड उपचारका लागि जम्मा तीन सय ९६ आइसियू र एक सय ५६ भेन्टिलेटर तयार पारेको छ । आइसियू र भेन्टिलेटर सञ्चालनका लागि तीन सय ८५ स्वास्थ्यकर्मी तयार छन् ।

     

    स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले १० वटा भेन्टिलेटर सहयोग गरेको छ भने वान हार्टनामक गैरसरकारी संस्थाले दुईवटा दिएको छ । यसबीचमा टेकु अस्पतालले तीनवटा भेन्टिलेटर खरिद गरेको हो ।

     

    निक साइमन फाउन्डेसनले टेकु अस्पतालका लागि भनेर आठ भेन्टिलेटर दिएको थियो । ‘टेकु अस्पतालले भेन्टिलेटर व्यवस्थापनको तयारी पनि गरेको थियो, जिल्लामा पनि चाहियो भनेर अन्तिममा एउटा मात्र दिइयो,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । यसरी निक साइमन दिएको एउटा र अस्पतालले किनेका तीन गरी टेकुमा चार भेन्टिलेटर थपिएका छन् । टेकुमा चार भेन्टिलेटर पहिल्यै थिए ।

     

    निक साइमनले दिएका १० भेन्टिलेटरमध्ये दुईवटा बाग्लुङ, दुई बुटवल, दुई सुर्खेत, दुई धनगढी, एउटा वीरगन्ज र एउटा टेकु अस्पतालमा राखिएको छ । त्यस्तै वान हार्टले दिएको दुईमध्ये एउटा विराटनगर र एउटा बाग्लुङ पठाइएको महानिर्देशक श्रेष्ठले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सात भेन्टिलेटर किन्ने तयारी गरेको छ । तर, अहिलेसम्म आइसकेका छैनन् ।

     

    कान्ति बाल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका २६ भेन्टिलेटर बिग्रिएका छन् । कान्ति बाल अस्पतालमा १०, वीरमा आठ र राष्ट्रिय ट्रमा सेन्टरमा आठवटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा छन् । तर, यो महत्वपूर्ण चार महिना ती भेन्टिलेटर मर्मत गर्ने काम पनि भएको छैन ।

     

    कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेल भन्छन्, ‘बिग्रिएका १० भेन्टिलेटर मर्मत गर्न २० देखि २५ लाख रुपैयाँ लाग्छ । बीचमा महावीर पुनको टोलीले भेन्टिलेटर बनाउने चर्चा आएको थियो, तर त्यो काम अघि बढेन ।’

     

    शिक्षण अस्पताल महाराजगन्जमा ६ र राष्ट्रिय ट्रमा सेन्टरका सातवटा भेन्टिलेटर मर्मत भएका छन् । हाल शिक्षणमा २० र ट्रमा सेन्टरमा १७ भेन्टिलेटर सञ्चालनमा छन् ।

     

    सरकारले कोरोना भाइरस संक्रमितको अवस्था जटिल भएमा आइसियूमा भर्ना गर्नुपर्ने जनाउँदै १५ दिनभित्र उपत्यकामा एक सय २० आइसियू थप्ने गर्ने निर्णय गरेको थियो । टेकुले ४० र अन्य चार अस्पतालले २० बेडका दरले आइसियू थप्ने गरी रकम निकासा पनि भएको थियो । तर, १५ दिनभित्र गर्ने भनिएको काम दुई महिनामा पनि पूरा भएको छैन ।

     

    निर्णय भएको पहिलो साता नै २० बेड आइसियू ल्याएको टेकु अस्पतालले अहिलेसम्म ती बेड सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालमा अक्सिजन प्लान्ट नभएका कारण आइसियू जडानमा ढिलाइ भएको हो । अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा भन्छन्, ‘अक्सिजन प्लान्टको जडानले केही ढिला भएको हो, अब छिटै जडान गर्छौँ ।’ टेकु अस्पतालले ४० बेड आइसियू थप्ने जिम्मेवारी पाएको छ ।

     

    त्यस्तै पाटन अस्पतालले भने नयाँ जडान गर्नुको विकल्पमा पुरानै र नचलेका आइसियूलाई कोभिड उपचारका लागि तयार पारेको छ । ‘सरकारले भनेअनुसार २१ बेड आइसियू तयार पारिएको छ,’ अस्पतालका निर्देशक डा. विष्णु शर्मा भन्छन् ।

     

    यता वीर अस्पतालले भने आइसियू थप्न पाएको १२ करोड ५० लाखमध्ये एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । वीरले दुई महिनासम्म खरिद प्रक्रिया पनि अघि बढाएको छैन । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘अब चाँडै नै प्रक्रिया अघि बढाइनेछ ।’

     

    देशभर कोभिड संक्रमितका लागि कहाँ कति आइसोलेसन बेड, आइसियू, भेन्टिलेटर र आइसियूमा काम गर्ने स्वास्थ्यकर्मी (क्रिटिकल केयर तालिम लिएका) छन्

    Facebook Comments Box

    १२ वटा एनजिओले दिए सरकारले किन्यो जम्मा तीन भेन्टिलेटर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.