Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 4
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » इन्टरनेटको त कुरा छोडौँ, हेलो भन्न त पाउनु पर्यो नि !

    इन्टरनेटको त कुरा छोडौँ, हेलो भन्न त पाउनु पर्यो नि !

    पहिलोक्लिकपहिलोक्लिकMay 26, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ:
    नेपालको दूरसञ्चार सेवाको विकास, विस्तार र गुणस्तर दक्षिण एशियामै गौरव गर्न लायक भनिरहँदा संसदीय समितिले गुणस्तर र सेवा विस्तारको धिमा गतिप्रति गम्भीर प्रश्न उठाएको छ ।
    नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको कार्यप्रगति सुनेपछि सांसद यज्ञ सुनुवारले ‘रातको समयमा समीको बोटमुनि बसेर पूर्व फर्केर डायल गरेपछि काठमाडौँमा ट्वाक्कै फोन लाग्यो’ भनेपछि समितिको बैठकमा हाँसो गुञ्जियो ।

    टेलिफोन गर्न राति समीको बोटमुनि पुग्नुपर्छ

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीलाई टेलिफोन सेवा र गुणस्तरबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, “तीन चार दिनदेखि ओखलढुङ्गाका विभिन्न गाउँबस्तीबाट काठमाडाँै सम्पर्क गर्न खोजेँ तर टावर आएन, एकजना साथीले चौतारोमा रातको समयमा समीको बोटमुनि गई पूर्वतर्फ फर्केर नम्बर डायल गर्न सल्लाह दिए, त्यही गरेँ काठमाडौँसँग सम्पर्क भयो ।”

    नेपालले छोटो समयमा सूचना प्रविधि र सञ्चारजगत्मा ठूलो प्रगति गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले पूर्वाधार विकास कार्यक्रमसँग सम्बन्धित मन्त्रालय र निकायबीच समन्वयको अभावले गरेका कामको तारिफ हुने र जस पाउने बेलामा गाली खानुपर्ने अवस्था अन्त्यका लागि समन्वय र सुझबुझका साथ आयोजना अघि बढाउन सुझाव दिनुभयो ।

    पहाडी जिल्लामा बनेको सडकलाई अप्टिकल फाइबर बिछ्याउन प्रयोग गरिएको हुँदा समयमै काम सकेर वाहीवाही कमाउनुपर्नेमा वर्षाका बेला त्यस्ता सडक हिलाम्मे भई यातायातका साधन दुर्घटना हुने कारक बनिरहेको उहाँको भनाइ थियो ।

    पछिल्लो समय ठेकेदार होस् वा कर्मचारी, दिएको जिम्मेवारीलाई कार्ययोजना बनाई समयमै पूरा गर्नुको साटो अयोग्यतालाई ढाकछोप गर्ने अस्त्रका रूपमा कोभिड–१९ को दृष्टान्त दिने प्रवृत्ति जनप्रतिनिधिका लागि पटक्कै चित्त बुझेको छैन ।

    दुई वर्षमा पूरा गर्ने अठोटका साथ २०७५ सालमा शिलान्यास गरिएको सूचना महामार्ग र ब्रोडब्याण्ड इन्टरनेटको हालसम्मको समग्र भौतिक प्रगति ११ प्रतिशतमा सीमित रहेको जानकारी प्राप्त गरेपछि सांसद सुनुवारले भन्नुभयो, “सामान्य टेलिफोन लाइनको त यस्तो अवस्था छ, अप्टिकल फाइबरको त कुरै नगरौँ । घोषणा गरिएका कार्यक्रम कार्यान्वयन नहुँदा जनतामा निराशा पैदा हुन्छ ।”

    हुम्लीले अझै हेलो भन्न पाएका छैनन्

    हुम्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुहुने रङ्गमति शाही लकडाउन चैतदेखि मात्र भएको हुँदा आफ्ना कमजोरीलाई ढाकछोप गर्न जेलाई पनि कोभिड–१९ देखाएर पन्छन पाइँदैन भन्नुभयो ।

    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा उहाँले भन्नुभयो, “दूरदराजका हुम्ली जनताले अझै टेलिफोनमा हेलो भन्न पाएका छैनन्, हेलो भन्न कहिले पाउँछन् ? कोरोनाले लग्यो (मरियो) भने ठीकै छ, हैन भने हेलो भन्न त पाउनुप¥यो नि !”

    दूरदराजका गाउँबस्तीका समस्या र आवश्यकता पहिल्याएर योजना बनाएको खण्डमा सजिलै कार्यान्वयन हुने तर्क प्रस्तुत गर्दै सांसद शाहीले भन्नुभयो, “इन्टरनेटको कुरा त परै जाओस्, हुम्लामा छ महिनाअघि बिग्रिएको टावर अझै बन्न सकेको छैन, इन्जिनीयरका भाषा बुझिँदैन, हुम्ली जनतालाई नक्सा देखाएर अलमलमा पार्ने मात्र काम भएको छ ।”

    समन्वय नगर्नेलाई दण्डको भागिदार बनाउनुपर्छ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद टोपबहादुर रायमाझीले राजनीतिक प्रणाली फेरिए पनि काम गर्ने र योजना बनाउने संस्कार र संस्कृति परम्परागत रहेकै कारण लक्ष्यअनुसारको नतिजा दिन नसकिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “राष्ट्रव्यापीरूपमा अप्टिकल फाइबरको सेवा कसरी पु¥याउने हो, यसको गुरुयोजना के हो, कार्यसम्पादन कसरी गर्ने भनेर गहन र विस्तृत छलफल गरिन्न । टापटिपे, फाटफुटे ढङ्गबाट काम गर्छाैं, विकास साझेदार निकाय सडक, विद्युत्, खानेपानी, ढल, दूरसञ्चार, वनसँगको समन्वय ठ्याप्पै छैन, स्वदेशमै रोजगार बढाउने, यहाँका उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नेमा ध्यान पुग्न सकेको छैन । जुन आवश्यक छ ।”

    विकास निर्माणसँग सम्बन्धित निकायबीच समन्वय नहँुदा ‘लेख्छन्, कोर्छन् विचरा भूपि शेरचन’ भनेजस्तै कालोपत्र गर्ने, खाल्टो खन्ने अनि पुर्ने क्रम दोहोरिँदा राष्ट्रको ढुकुटी त्यसै खेर गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “अब समन्वय गरेर काम नगरिए दण्डनीय बनाउँदै मूल्याङ्कनको पाटो बनाउनुपर्छ । ‘बनाएको छ, भत्काएको छ’ को प्रवृत्तिलाई हामीले बदल्नु प¥यो ।”

    आशालाई निराशामा परिणत गरेको छ

    सिन्धुलीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने गणेशकुमार पहाडीले अप्टिकल फाइबर र ब्रोडब्याण्ड विस्तारको कार्यप्रगति ११ प्रतिशत हुनुले आशालाई निराशामा परिणत गरेको टिप्पणी गर्नुभयो ।

    “कोभिड–१९ का कारण सबै क्षेत्र धरासायी भए पनि इन्टरनेटको भने धमाधम विस्तार छ, यो क्षेत्रका लागि अहिले ठूलो बजार र अवसर मिलेको छ । मध्यपहाडी र पूर्व–पश्चिम राजमार्गमै पनि कतिपय स्थानमा अझै टेलिफोेन टिप्दैन । विस्तारको कार्यप्रगति निराशाजनक छ, अन्तर मन्त्रालय समन्वयम कमजोर छ, यसलाई अहिले नभएर कहिले सच्याउने ? आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गरी गुरुयोजना बनाएरमात्र काम शुरु गर्ने प्रवृत्ति विकास गरौँ”, उहाँले भन्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले ‘सरकारी काम, कहिले जाला घाम’ उखानको चरितार्थ ब्रोडब्याण्ड र सूचना महामार्ग निर्माण प्रगतिले देखाएको प्रतिक्रिया दिनुभयो ।

    उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता स्वदेशमै रोजगारी दिने हुनुपर्छ, आयोजना छनोट विधिमा क्रमभङ्गता गर्नै पर्छ । अरु क्षेत्र डामाडोल हुने अवस्था आए पनि इन्टरनेटको बजार कोरोनाले उकासेको छ, अनुकूलता ल्याएको छ, यो समयलाई मौका छोप्नुपर्छ, त्यसका लागि कार्ययोजना बनाएर काम गर्नुस् ।

    कमजोरी लुकाउने, ढाँट्ने र छल गर्ने अस्त्र बनाउनु हुन्न

    नेपाली काँग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौमले कोभिड–१९ लाई सबैतिरबाट कमीकमजोरी ढाकछोप गर्ने माध्यम बनाइन नहुने बताउँदै यस्तो बेलामा पनि संवेदनशीलता र गम्भीरता नदेखिए परिस्थिति र समयले साथ नदिने तर्क गर्नुभयो ।

    नेकपाका नेता एवं सांसद टेकबहादुर बस्नेतले भन्नुभयो, “भइहाल्छ, चलिराखेकै छ, यति प्रगति भएको छ, भन्ने परम्परा र मनोवृत्ति रहेसम्म तीव्र विकास कोरा कागजमा मात्र सीमित हुनेछ ।”

    विकास निर्माणमा स्वदेशी जनशक्ति, साधन स्रोत प्रयोगमा जोड दिनुपर्नेमा परामर्शदाताका नाममा विदेशीलाई पैसा खुवाउने कार्य आपत्तिजनक भएकाले सच्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हाम्रो कामको गति धीमा छ । कोभिड–१९ लाई कमजोरी लुकाउने, ढाँट्ने र छल गर्ने उदाहरणको अस्त्र बनाउन सकिएला तर यस्तो काम गराइबाट पार पाइँदैन ।”

    मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग करिब १० अर्ब र ब्रोडब्याण्ड इन्टरनेट सेवा करिब रु साढे तीन अर्बको लागतमा अघि बढाइएका परियोजना हुन् ।

    Facebook Comments Box

    हेलो भन्न त पाउनु पर्यो नि !
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.