काठमाडौं: यो वर्ष थप १२ प्रतिशतमा पहुँच वृद्धि भइ विद्युत पहुँच पुगेको मुलुकको जनसंख्या ९० प्रतिशत पुगेको छ।
आर्थिक सर्वेक्षण २०७६/७७ मा विद्युत पहुँच ९० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख छ। गत वर्षसम्म ७८ प्रतिशत जनसंख्यामा मात्रै विद्युत पहुँच पुगेको थियो।
अहिले विद्युत जडित क्षमता १३ सय ५५ मेगावाट पुगेको उल्लेख छ।
गत वर्ष यही अवधिमा ११ सय ४२ मेगावाट विद्युत उत्पादनको जडित क्षमता थियो। यो वर्ष २१३ मेगावाट मात्रै विद्युत थप भएको छ।
Facebook Comments Box
