काठमाडौँ: साताको पहिलो दिन आइतबारदेखि निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक बुधबार शुन्य दशमलब ८९ अंकले घटेर १ हजार १८७ दशमलब ३२ अंक कायम भएको छ ।
आइतबार नेप्से आज एक दशमलब ४३ अंक, सोमबार शुन्य दशमलब २१ अंक, मंगलबार १ दशमलब ४६ अंकले घटेको थियो ।
आजको कारोबारमा जीवन बीमा २२ दशमलब ३६ अंक, उत्पादन मूलक समूह ९ दशमलब २३ अंक, निर्जीबन बीमा ४ दशमलब २१ अंक र बाणिज्य बैंक १ दशमलब ५७ अंकले घटेका छन् ।
यधपी, होटल, जलबिधुत र अन्य समूहको परिसूचक क्रमश: ३७ दशमलब ४६ अंक, २ दशमलब २८ अंक र १ दशमलब २६ अंकले बढेका छन् ।
नेप्से परिसूचकसंगै कारोबार रकम मंगलबारको तुलनामा आज घटेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार १६७ कारोबारबाट १४ करोड ९१ लाख ९७ हजार १९५ रुपैयाँ बराबरका ४ लाख ७४ हजार ८६१ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
मंगलबार नेप्सेमा १४८ कम्पनीहरुको २ हजार ८७४ कारोबारबाट १९ करोड १७ लाख ४८ हजार १२० रुपैयाँ बराबरका ७ लाख ९० हजार ७३४ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
मंगलबार नेप्सेमा १५७ कम्पनीहरुको ३ हजार ५२५ कारोबारबाट २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँ बराबरका ९ लाख ९ हजार ३४१ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।