काठमाडौँ: आइएमई लाइफइन्स्योरेन्स कम्पनी र नेपाल बंगलादेश बैंक बीच बैंकास्योरेन्स सम्झौताभएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले नेपाल बंगलादेश बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता आजिवन लगायतका बीमा योजना ल्याएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमा मापहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्ने रहेको छ ।