काठमाडौँ: पूँजी बजारमा यो साताभर कुनै सुधार देखिएन । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ६ दशमलब ६९ अंकले घटेर १ हजार १८० दशमलब ६३ अंकमा झरेको छ ।
आइतबार नेप्से एक दशमलब ४३ अंक, सोमबार शुन्य दशमलब २१ अंकले , मंगलबार एक दशमलब ४६ अंक र बुधबार शुन्य सशामलब ८९ अंकले घटेको थियो ।
ब्यापार बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
आजको कारोबारमा सबैभन्दा जीवन बीमा १०२ दशमलब ८३ अंक, निर्जिबन बीमा ७० दशमलब ०७ अंक र होटल समूह ३१ दशमलब ५२ अंकले घटेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४ हजार ३७० कारोबारबाट १९ करोड ६९ लाख ४५ हजार २३७ रुपैयाँ बराबरका ८ लाख ६९ हजार ३०७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।