Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 2
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » साउदीमा ज्यान गुमाने २४९ नेपालीले पाए ११ करोड ४३ लाख रुपैयाँ ‘ब्लडमनी’

    साउदीमा ज्यान गुमाने २४९ नेपालीले पाए ११ करोड ४३ लाख रुपैयाँ ‘ब्लडमनी’

    पहिलोक्लिकपहिलोक्लिकAugust 9, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: साउदी अरबको रियादस्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न कारणले ज्यान गुमाएका २४९ नेपाली नागरिकका हकवालालाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको जनाएको छ ।

    दूतावासद्वारा आज जारी विज्ञप्तिमा मृतकका कानूनी हकदारले प्राप्त गर्न सक्ने गरी ११ करोड ४३ लाख ३७ हजार ८३४ रुपैयाँ ५६ पैसा (४० लाख ११ हजार ८५४.१६ साउदी रियाल) काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पठाइएको उल्लेख छ ।

    कुनै पनि शुल्क नलिइ पीडित परिवारका तर्फबाट घटना भएको क्षेत्रको अदालतमा मुद्दा दायर गरी पैरवी गर्दै आइरहेको दूतावासले जनाएको छ । गत आवमा सडक÷सवारी दुर्घटनामा ज्यान गुमाउने ४१ व्यक्तिको ब्लडमनीसम्बन्धी मुद्दा अदालती प्रक्रियामार्फत टुंगो लगाइएको थियो । जसमध्ये १८ जनाको अदालतको फैसलाअनुसारको ब्लडमनी सम्बन्धित पक्षबाट असुल गरी मृतकका हकवालालाई उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमा पठाइएको र २३ जनाको फैसलाअनुरुप रकम असुल गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

    मृतकहरु भीम भट्टराई (झापा), भूपालदेव लिम्बू (धनकुटा), रिखु जैसी (रुकुम), चित्रबहादुर थापा (तनहुँ), देवेन्द्रप्रसाद राय (सप्तरी), देवराज राई, रामनाथ राई र सन्तोष खत्री (खोटाङ), एकप्रसाद लामिछाने (गोरखा), जाल मोहम्मद रैन, मोहम्मद मुजाहिद शेख, मोहोम्मद जाहिर मन्सुर, सलिम मियाँ र शिवकुमार यादव (सिरहा), राजुबहादुर कुँवर (कास्की), रामबाबु साह कानु (सर्लाही) रमेश पुलामी (ललितपुर) र जयबहादुर सुवेदी (गुल्मी) को अदालती फैसलाअनुसारको ब्लडमनी असुल गरिएको गरी नेपाल पठाइएको छ ।

    करीब ५० मुद्दा अदालती प्रक्रियामा तथा अन्य मुद्दा अध्ययनकै क्रममा रहेको र प्रक्रिया पु¥याएर क्रमशः अदालतमा दर्ता गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।

    विभिन्न कारणले ज्यान गुमाएका नेपाली नागरिकका हकवालालाई उपलब्ध हुने सक्ने क्षतिपूर्तिको विषयलाई उच्च प्रथमिकतामा राखेर काम गर्दै आएको दूतावासले जनाएको छ । दैनिकजसो भइरहेका नयाँनयाँ दुर्घटनाका विषयले यस्ता प्रकृतिका मुद्दाहरु थपिदै जाँदा थप चुनौती बढ्दै गएको दूतावासले उल्लेख गरेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.