काठमाडौं: सिटिजन्स बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट ४६ हजार ३८२ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी ६ कित्ता सेयर पुनः ६ जनालाई बाँडफाँट गरिएको छ । यसआधारमा ६ जना आवेदकले ११ कित्ता सेयर हात पार्न सफल भएका छन् ।
एफपीओमा कूल ६२ हजार ७०९ जना आवेदकले ६१ लाख ५ हजार ६३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ७३ जना आवेदकको रद्ध भएको छ ।
सिटिजन्सले साउन १५ गतेदेखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको हो ।
सिटिजन्सले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९ कायम गर्न एफपीओ जारी गरेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्सको एफपीओलाई ग्रेड थ्री प्लस रेटिङ दिएको छ । सिटिजन्सको एफपीओ बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुगेको छ ।