काठमाडौं: तेत्तिस्किलो सुन प्रकरणमा जोडिएका एमके भन्ने मोहनकुमार अग्रवालको घरमा शुक्रबार सुन काण्डको छानबिन गर्न बनेको समितिले छापा मारी ३० लाख नगद दुई किलो चाँदी र १० तोला सुन बरमाग गरेको छ ।
समितिका संयोजक तथा सह–सचिव ईश्वर पौडेल नेतृत्वको टोलिले आज छापा मारेको हो ।

अग्रवालको कालिकास्थानस्थित रहेको ताला लगाइराखेको घरमा छापा मारेको हो । समितिका एक सदस्यका अनुसार घरबाट सुन राख्न प्रयोग गरिएको सुनको बाकस र सुन बोक्न जाँदा प्रयोग गरिने छुट्टै रंगको तीन वटा ज्याकेट र बा १० छ २८२ नम्बरको अग्रवालको कारसमेत बरामद गरिएको छ ।
“हामीले घरबाट थुप्रै चेक्बुज र सुन कारोबार गर्न प्रयोग गरिएको अन्य महत्त्वपूर्ण कागजातसमेत फेला परेका छौँ त्यसबाट अन्य कुराहरु पट्ट लाग्ने,” स्रोतले बतायो । अग्रवाल ३३ किलो सुन काण्डका प्रमुख लगानीकर्ता भएको समितिको ठम्याई रहेको छ ।
गत फागुन ९ गते भित्रुवन विमानस्थलबाट उक्त परिमाणको सुन पास भएको थियो । अग्रवाल सनम शाक्य हत्या प्रकरणपछि हाल फरार छन् । उनि धरानका स्थायी बासिन्दा हुन ।