काठमाडौँ: यो सात सेयरबजारमा ठुलो गिरावट आएको छ । कारोबार भएको पाँचैदिन नेप्से परिसूचकको साथै कारोबारमा कमि आउदा लगानीकर्ता थप निराश भएका छन् ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलब २५ अंकले घटेर अन्तिम दिन १ हजार १८० दशमलब ६३ अंकमा पुगेको छ ।
पूँजी बजारमा यो साताभर कुनै सुधार देखिएन । आइतबार नेप्से एक दशमलब ४३ अंक, सोमबार शुन्य दशमलब २१ अंकले , मंगलबार एक दशमलब ४६ अंक, बुधबार शुन्य सशामलब ८९ अंकले र बिहिबार ६ दशमलब ६९ अंकले घटेको थियो ।
यससाता होटल र ब्यापार समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबै भन्दा बढी जीवन बीमा र निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: १८१ दशमलब ७५ अंक र ६३ दशमलब ३२ अंकले गिरावट आएको छ ।
बाणिज्य बैंक ४ दशमलब ४८ अंक, विकास बैंक ७ दशमलब ६१ अंक, बित्त ३ दशमलब ९७ अंक, लघुवित्त २२ दशमलब ३३ अंक, उत्पादन समूह ३४ दशमलब २२ अंक र अन्य समूह १ दशमलब ४८ अंकले घटेका छन् ।
यधपी, ब्यापार र होटल समूहको परिसूचक क्रमशः ४ दशमलब २२ अंक र ३२ दशमलब २५ अंकले बढेको छ ।
नेप्से परिसूचकमा गिरावट आएसंगै कारोबार रकममा भारी गिरावट आएको छ। कारोबार रकम गत साताको भन्दा १४ दशमलब ६८ प्रतिशतले कमि आएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६ हजार ३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्रीभएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५३१० कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ८४ अंकले घटेर २४९.१३ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (पाँच करोड ९० लाख ४० हजार रुपैयाँ) को आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ८५ हजार कित्ता) को आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ भने कारोबार संख्या (८७७ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।