काठमाडौँ: नेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो पाचौं सेल्स आउटलेट काठमाडौँको कलंकीमा सञ्चालन गरेको छ ।
कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले मंगलबार एक कार्यक्रमकाबीच उक्त आउटलेटको उद्घाटन गरेका छन् ।
यस आउटलेटबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिकाग्राहकहरुलाई सुबिसुको सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने जनाएको छ ।
यस आउटलेटको स्थापनासगैं हाल सुबिसु आउटलेटहरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमा रहेका छन् साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना रहेको जनाईएको छ ।
सुबिसु नेपालको पहिलो कम्पनीहो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।