काठमाडौँ: माउण्टेन इनर्जी नेपालको स्थगित आईपीओ यहि भदौ ३१ गते बुधबारदेखि पुनः बिक्रमिा आउने भएको छ ।
कम्पनीले गत साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर जारी गरेकोमा लकडाउन तथा निषेधाज्ञा लगायतले स्थगित भएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो।
Facebook Comments Box