काठमाडौँ : बिगत केहि महिनादेखि डलरसँग अबमुल्यन हुँदै गएको नेपाली रुपैयाँ मंगलबार इतिहाँसमै कमजोर भएको छ । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.२० रुपैयाँ र खरीद दर १११.६० रुपैयाँ तोकेको थियो ।
मंगलबार डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको हो । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो ।
यधपी बुधबार डलरसमू नेपाली रुपैयाँको मूल्यमा सामान्य सुधार भएको छ । राष्ट्र बैंकले आजका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.१४ रुपैयाँ र खरीद दर १११.५४ रुपैयाँ तोकेको छ ।
अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको अर्थशास्त्रीहरु बताउछन् ।
अमेरिकामा ब्याजदर बढी हुँदा लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न आकर्षित हुन गई त्यहाँ डलर प्रबाह हुन गएको उनीहरुको भनाइ छ ।
अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको हो ।
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुन्छ ।