काठमाडौं: जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा अहिलेसम्मकै सर्वाधिक कित्ताका लागि आवेदन परेको छ। आवेदक संख्याका हिसाबले पनि यसको सेयर सर्वाधिक धेरैजनाले माग गरेका छन्।
इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्री खुलाएको २७ लाख ३० हजार कित्ता सेयरका लागि दुई करोड २५ लाख ९१ हजार ९४० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लिरिङ नेपालले जानकारी दिएको छ ।
सीडीएसका अनुसार, असोज ११ गतेदेखि सर्वसाधारणलाई सेयर जारी गरेको जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन खुलाएको चौथो तथा अन्तिम दिनसम्ममा ८ लाख १४ हजार ७ सय जनाले आवेदन दिएका हुन्। यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा ६ लाख १४ हजार भन्दा बढीले आवेदन दिएका थिए।
जनरलको आईपीओ आवेदनको उल्लेखित संख्यामा बैंकबाट आवेदन दिएकाहरुको संख्या उल्लेख छैन । बैंकमार्फतका आवेदक र रद्द आवेदनको विवरण आउँदा उक्त संख्या केही थपघट हुने सीडीएसले बताएको छ।
कम्पनीको आईपीओमा ६ लाख ३३ हजार ८५ जनाले मेरो सेयरको वेबसाइटबाट र एक लाख ७७ हजार ७६२ जनाले बैंकमा फारम भरेर आवेदन दिएका हुन्।