काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो ।
यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.१५, विकास बैंक २४.४९, जलविद्युत् २७.३९, अन्य १.२६ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले बढेको छ ।
बैंकिङ ३.८६, व्यापार ७.१५, वित्त ४.३१, निर्जीबन बीमा ११५.१८, उत्पादन ५३.३३, लघुवित्त १०.८१ र जीवन बीमा ८१.३४ ले घटेको छ ।
कारोबारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८८७ को दरमा रु १४ करोड ९१ लाख बराबरको कारोबार भयो ।