काठमाडौँ : सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आवेदन गर्ने आज ( असोज २५ गते) अन्तिम दिन रहेको छ ।
लगानीकर्ताले आईपीओमा मेरो शेयर सफ्टवेयरका साथै नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आइतबारसम्म कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । मेरो शेयरबाट आवेदन गर्नेले भने ५ बजेसम्म आईपीओ भर्न पाउनेछन् ।
साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर शुक्रmबारसम्ममा नै कम्पनीको आईपीओमा साढे ७ लाख बढीले आवेदन गरिसेकाले कम्पनीको आईपीओ ३० प्रतिशतभन्दा कम आवेदनले मात्र गोलाप्रथाबाट १० कित्ता हात पार्ने अवस्था देखिन्छ । यसअनुसार १० कित्ताका लागि आवेदन गर्नु नै प्रयाप्त हुन्छ ।