काठमाडौं: राजधानीमा मापदण्डभन्दा धुँवा फाल्ने सार्वजनिक र निजी सवारी साधनलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था बिभागले कारवाही गर्ने भएको छ ।
“मापदण्डभन्दा बढी धुँवा फाल्ने चारपांग्रे सवारीसाधनलाई हामीले राजधानीका सडकमा गुड्ने सवारीलाई रोक लगाएका छौं,” ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए।
सरकारले वायु प्रदूषण घटाउनभन्दै आजबाट त्यस्ता सवारीसाधनमाथि रोक लगाएको जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि कडाइ गरिएको हो ।
विभागले हाल उपत्यकाको नागढुंगा, बल्खु, ठूलो भर्याङ, सल्लाघारी, टेकु र एकान्तकुनामा प्रदूषण मापन गर्दै आएको छ।
विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण जाँच तीव्र गतिमा थालेको छ ।