काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी शुक्रबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात आ.ब. २०७५/०७६ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्नेछ ।
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६९ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ ।