काठमाडौँ: नेपाल स्टक एक्स्चेन्ज नेप्सले चार वर्षपछि ऐतिहासिक उचाई हासिल गरेको दिन साढे ७ अर्बको शेयर किनबेच भएको छ । शेयर बजारमा एकैदिन सर्वाधिक कारोबार भएको पनि यो पहिलो पटक हो ।
बिहीबार शेयर बजारमा साढे सात अर्ब बराबरको शेयर किनबेच भएको छ । गत आइतबार ६ अर्ब ९० करोड बराबरको शेयर किनबेच भएको थियो।
यसदिन नेप्से सूचकले पनि २०७३ साउन १२ गते बुधबारको उच्च अंक १८८१ अंक पार गरेको नेप्से १९२५ अंकसम्म पुगेको थियो ।
बिबजार बन्द हुने समयसम्म आइपुग्दा नेप्से १८ अंकले बढेर १८९३.२४ अंकमा पुगेको छ । यसदिन २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख बराबरको शेयर किनबेच भयो ।
Facebook Comments Box
